एक सयमाथिका भारु नोट प्रतिबन्ध


 


काठमाडौं । सरकारले १ सय रुपैयाँभन्दा माथिका भारतीय रुपैयाँ चलनचल्तीमा प्रतिबन्ध लगाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कुनै कारोबार नगर्न सर्वसाधरणलाई आग्रह गरेको हो ।

५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाउँदै भारतले २ सय, ५ सय र १ हजार दरका नया नोट चलनमा ल्याएको छ । यद्यपि, नेपालमा भएका प्रतिबन्धित ५ सय १ हजार दरका भारतीय रुपैयाँ हालसम्म पनि साटिएको छैनन । ठूला नोट चलाउन प्रतिबन्ध लगाए पनि १ सय र सोभन्दा कम दरका भारतीय नोट तथा मुद्रा भने चलाउन सकिने राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले बताए ।आजको सौर्य दैनिकमा खबर छ

यसैबीच, विदेशमा कमाएको पैसा कारोबार भएको १५ दिनभित्र नेपाल ल्याइसक्न पनि केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेण्ट, होटल लगायतका संस्थाहरूले विदेशबाट भुक्तान लिएका रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्