५.३ म्याग्निच्युडको भूकम्पकाे धक्का


 


भाेजपुर, मंसिर ३

बिहीबार बिहान १० बजे राजधानी काठमाडाैं र वरपरका जिल्लामा भूकम्पको धक्का अनुभव गरिएकाे छ। घर तथा कार्यालयहरु नराम्रोसँग हल्लाएपछि कार्यालय प्रवेश गर्दै गरेका कर्मचारी तथा सर्वसाधारण घर बाहिर निस्केका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर परकम्प गएको हो। केन्द्रका अनुसार सो परकम्प ५.३ म्याग्निच्युडको थियो। वैशाख १२ गते गएको विनाशकारी भूकम्पको पराकम्प जानेक्रम ७ महिना हुँदा पनि रोकिएको छैन।

प्रकाशित मिति: ३ मंसिर २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्