सांसद नविना लामाले फिर्ता गरिन घरभाडा (विज्ञप्ति सहित)


 


काठमाडौ । प्रतिनिधि सभा सदस्य सांसद नविना लामाले घरभाडा मापत आएको सम्पूर्ण रकम फिर्ता गरेकी छिन् । आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद लामाले उक्त रकम फिर्ता गरेकी हुन् ।

काठमाडौं उपत्यकामा घर भएका सांसदहरुले घरघाडा लिएको भन्दै समाचार आइरहेको बेला सांसद नविनाले आफ्नो नाममा आएको घरभाडा बापतको सम्पूर्ण रकम फिर्ता गर्न संसद सचिवालयलाई अनुरोध गरेकी हुन् ।

आफ्नो संसदिय क्षेत्रमा अनुभव कमी रहेको र संसद सचिवालयको अभिलेखको व्यवस्थापनमा भएको कमीकमजोरीका कारण आफ्नो नाउँमा भाडा आएको उल्लेख गर्दै विज्ञप्तिमा आफ्नो नाउँमा भाडा बापत आएको सुरुदेखिकै रकम संसद सचिवालयलाई फिर्ता गर्न अनुरोध गरेकी छिन् । यस्तो छ प्रेस विज्ञप्ति

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्