पाँचथरमा विकासमा प्रस्तावित नीति तथा कार्ययोजना निर्माण
पाँचथर जिल्ला समन्वय समितिले जिल्लाको प्रस्तावित नीति तथा कार्ययोजना बनाउने काम शनिबार सम्पन्न गरेको छ ।
पाँचथरको सदरमुकाम फिदिममा शुक्रबार र शनिबार दुई दिनको अन्र्तकृया र छलफल पछि आधारभुत नीति तथा कार्ययोजना बनाएको हो । अन्र्तकृयामा संघ र प्रदेश मातहतका कार्यालयहरु र स्थानिय तह विच अन्र्तकृया तथा प्रस्तुति करण सगै जिल्ला स्तरीय नीति सम्वन्धमा छलफल, सुझाव संकलन कार्य सकिएको हो । कार्यक्रममा स्थानिय आठ वटै गाउपालिकाका प्रमुख , उप–प्रमुख, प्रशासकिय अधिकृत, राजनैतिक दल, सरकारी तथा सुरक्षा अधिकारी, सरोकारवालाहरु विच विकासको गतिमा एकरुपता दिनका लागि नीतितय गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद सापकोटाले जानकारी दिनु भयो ।
जिल्लाका स्थानिय सरकारहरुले गर्ने विकास निर्माण तथा प्रदेश र केन्द्र सरकारबाट बिकासका प्राप्त बिकासका योजनाहरुलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना तय भएको छ । जिससले अनुगनमका क्रममा स्थानियतहका सुसाशनका कामहरु एकरुपता नदेखिएकाले एक रुपता दिनका लागि नीति तथा कार्ययोजना बनाएको जिससका प्रमुख साप्कोटाले बताउनु भएको छ । कार्यक्रम प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोले उद्घाटन गर्नु भएको थिए ।
आङवोले सवै स्थानियतहका कार्ययोजनाहरुमा एकरुपता दिन जिससले भुमिका निभाउनु पर्नेमा जोड दिएनु भएको थियो । नीति तथा कार्ययोजनामा कृषि, पशु, बन, शिक्षा, पुर्वाधार विकास, खानेपानी, सिंचाइ, स्वास्थ्य, घरेलु, लगायतका कार्यालयले कार्यक्रम प्रस्तुति सगै आगामी योजनना तर्जुमा गरेको जिससका सदस्य नरबहादुर गुरुङले जनाकारी दिनु भयो । बनेको निति तथा कार्ययोजनाहरुलाइ आगामी आर्थिक वर्ष ०७५÷०७६ मा जिल्ला सभाले पास गरे पछि असार देखि लागु हूने जनाएइको छ ।
त्यसै सन्र्भमा जिल्ला दैविप्रकोपको पनि योजना तर्जुमा गरिएको छ । सरोकारवाला बिच समुहगत छलफल पछि तय भएको नीतिहरु सुसासनमा लागु गर्ने सरोकारवाहरुले प्रतिवद्धता समेत जनाएका छन । अब हुने जिल्ला सभाले पास गरे पछि आधारभुत नीति तथा कार्ययोजनाहरु लागु हुने विकासमा एकरुपता केन्द्र, प्रदेश र स्थानिय सरकारहरुले गर्ने विकास निर्माणका काममा दोहोरो पना समेत हट्ने जिसस सदस्य नरबहादुर गुरुङले बताउनु भयो ।
कार्यक्रममा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, प्रदेश एकका नेकपा संसदिय दलका सचेतक सिता थेवे, पुर्व राज्य मन्त्रीहरु डम्बरसिं सम्वाहाम्फे, श्रीप्रसाद जवेगु, नेकपा नेता राजकुमार भण्डारी, नेपाली काङ्ग्रेसका सभापति नरेन्द्र केरुङ, लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुको लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जिसस प्रमुख बिष्णु प्रसाद सापकोको अध्यक्षतामा सम्पन्न भएको हो । प्रस्तावित नीतिहरु कस्ता वने भन्ने बारे आगामी जिल्ला सभाबाट पारित भए पस्चात बाहिर ल्याउने जिसस सदस्य नरबहादुर गुरुङले जानकारी दिनु भयो ।
प्रकाशित मिति: ६ माघ २०७५, आइतबार