वाइडबडीका दोषिलाई कारवाही गरेर गुमेको विश्वास फिर्ता गर्ने अख्तियारसँग मौका छ
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले वाइडबडी विमान खरिद प्रकरणमा जोडिएका ब्यक्तिमाथी कडा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । खरिद प्रकरणमा देशकै ठुला ब्यक्तिहरुको संलग्न रहेको आरोप लागिरहेका थापाले दवाव र प्रभावमा नपरी संबैधानिक निकायको कर्तब्य निभाउन अख्तियारलाई आग्रह गरेका छन् । वाइडबडी विमान खरिदमा बाहिरिरुपमा बहालवालासहित तीन मन्त्री, दुई सचिवसहित ३८ जनालाई दोषि देखाइएको छ । तर भित्रीरुमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नाम आउन थालेको छ ।
‘भ्रष्टाचारमा संलग्न भएको कसैलाई पनि छाडिन्न भन्ने कुरा स्थापित गर्ने बेला पनि यही नै हो’ अख्तियारप्रति लक्षित गर्दै थापाले भने ‘पूर्व प्रधानमन्त्रीहरु प्रायः सबैको नाम मुछिएर आएको छ । यत्रो ठूलो प्रकरण भइसकेपछि दूधको दूध पानीको पानी हुनुपर्छ ।’ थापाले समितिले प्रतिवेदन तयार पारेर सम्बन्धित निकायलाई बुझाइसकेको भन्दै थप अनुसन्धान गर्न र आफुलाई सावित गर्न संबैधानिक निकायलाई आग्रह गरेका छन् ।
उनले कांग्रेस सभापति देउवा दोषि भएपनि कारवाही गर्न अख्तियारलाई आग्रह गरेका छन् । ‘नेपालमा कानुनभन्दा माथि कोही छैन भन्ने मान्यता स्थापित गराउने यो एउटा मौका हो’ थापाले भने ‘संवैधानिक निकायले आफ्नो स्वायत्ततालाई कायम गरेर यसको निष्पक्ष छानबिन गर्नु पर्छ । त्यो छानबिन गरेर दोषी आउँदै गर्दा मेरै पार्टीका सभापति आए पनि वा जोसुकै आए पनि नेपालमा कानुनभन्दा माथि कोही छैन भन्ने स्थापित गराउनु पर्छ । यस्ता भ्रष्टाचारमा संलग्न भएको कसैलाई पनि छाडिन्न भन्ने कुरा स्थापित गर्ने बेला पनि यही नै हो । नेपालको संवैधानिक निकाय अख्तियारको गुमेको विश्वास स्थापित गर्ने बेला आएको छ ।’ एउटाले अर्कोलाई आरोप लाउने अनि तैँ चुप मै चुप गरेर बस्न नुहँने तर्क थापाले राखेका छन् । ‘
प्रकाशित मिति: ६ माघ २०७५, आइतबार