मन्त्रीबाट कुटिएका सचिवको अर्काे बयानः मलाई मध्यरातमा फेरी थप्पड हानियो


 


काठमाडौं । मन्त्रीबाट कुटाई खाएका २ नम्वर प्रदेश वन तथा तथा वातावरण मन्त्रालयका सचिव बिद्यानाथ झाले आफुमाथी मध्यरातमा थप्पड परेको बताएका छन् । ‘आज मध्यरातमा फेरी अर्को थप्पड खाइयो। चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गई रहेको छु’ सामाजिक सञ्जाल फेसबुकमा आफुमाथी फेरी थप्पड हानिएको बताउँदै उनले अन्तिम साससम्म मन्त्रीकाबिरुद्ध लड्ने बताएका छन् ।
२ नम्वर प्रदेशका अर्थमामिला मन्त्री बिजय यादवले आफ्नै कार्यकक्षमा सचिव यादवमाथी हातपात गरेका थिए । त्यसपछि कर्मचारीहरु दुई दिन आन्दोलित पनि भएका थिए । कुटपिटको घटना अन्तिम निस्कर्षमा नपुग्दै कर्मचारीले आन्दोलन छोडेका छन् । कर्मचारीले आन्दोलन छोडेपछि सचिव बिद्यानाथ आक्रोसित पनि बनेका छन् ।

कर्मचारीले निकालेको विज्ञप्तीप्रति असन्तुष्टी जनाउँदै सचिव बिद्यानाथले लेखेका छन् ‘ बिज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईहरु प्रति रहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्रीबीच भएको घटना तपाईहरुको बिज्ञप्तीसँग मेल खाँदैन । आधिकारिक धनुषाका साथिहरुले के का लागि आन्दोलन उठान गर्नुभएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो ।

कर्मचारीलेबीचमै आन्दोलन रोकेपछि उनी आक्रोसित बनेका छन् । प्रदेश सरकारले बनाएको छानविन समितिले आज प्रतिवेदन दिँदैछ । तर सचिव झा भने अन्तिमसम्म लड्ने उद्घोष गरिरहेका छन् । ‘दुइ तिन दिन पेन डाउन गरेर नाटक गर्नु भयो र शक्तिका अगाडी घुडा टेक्नु भो। तर भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको सत्य र सदाचार हार्नु हो। मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडी टिक्नु हुन्न भने मलाई उतिबेला पनि राम्ररी थाहा थियो’ फेसबुकमा झाले लेखेका छन् ।

प्रकाशित मिति: ६ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्