फोहोर चश्माले राम्रो देखिदैन, चश्मा सफा गरेर नेकपालाई हेर्नुहोस् : प्रधानमन्त्री


 


काठमाडौ, ५ माघ : प्रधानमन्त्री तथा कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेपाल नेकपालाई फोहोर चश्माले होइन सफा चश्माले हेर्न आग्रह गरेका छन् । नेकपा खुइलियो भन्नेको हेर्ने चश्मा नै दोषी भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

शनिबार पार्टी कार्यालय धूम्बारहीमा ओलीले कांग्रेसका पूर्वसांसद् तीर्थ भुषाललाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले भने, ‘पार्टी खुइलियो भन्नेहरु पनि छन् । चश्मा फोहोर भयो भने राम्रो देखिदैन। पहिला चश्मा सफा गर्न आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले हरेक दिन सरकार एक कदम अगाडि रहेको बताए । भने,‘सरकार हरेक दिन एक कदम अगाडि बढेको छ । अगाडि बढ्योकी बढेन हर्नुहोस् । हरेक दिन नयाँनयाँ काम गरेका छौँ ।’

ओलीले नेकपा बुझ्नेलाई श्रीखण्ड भएको बताए । भने, ‘बुझ्नेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिड हो। नेकपा श्रीखण्ड नै हो भनेर थाहा पाउन म आग्रह गर्छु।’

नेकपासँग डराउदैछन्
बिरोधीहरु नेकपासँग डराएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले नेकपासँग यतिबेला सबै डराइरहेको र यसमाथि आक्रमण सुरु भएको बताए । उनले भने, ‘कोही हसियाँ हथौडासँग डराउछन् त कोही समाजवाद शब्दसँग ।’

प्रधानमन्त्री ओलीले आफूहरुले कसैलाई अनावश्यक र झुठो आरोप नलगाउँने र आफूले गरेका कामको अनावश्यक प्रचार गरेर आत्मरति पनि नलिने बताए ।

अबको केही समयमै पार्टी एकता टुंगिइसक्ने बताए । नेकपा लोकतान्त्रि पार्टी भएको भन्दै उनले छलफलमा स्वतन्त्रता भए पनि निर्णयको बेला एकजुट हुने र त्यसलाई कार्यान्ययनमा लैजाने जानकारी दिए ।

कांग्रेसका लोकप्रिय नेता तीर्थ भुषालसहितका नेताहरु नेकपा प्रवेश

नेपाली कांग्रेसका पूर्व सांसद सहित दर्जनौं नेता तथा कार्यकर्ताहरु कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवेश गरेका छन् । चितवनबाट निर्वाचित पूर्व सांसद तथा लोकप्रिय नेता तीर्थ भुषालसहित नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुको समूह नेकपामा प्रवेश गरेको हो ।

शनिबार पार्टी मुख्यालयमा पूर्व सांसद भूषालसहितका कांग्रेसका नेताहरुलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वागत गरेका छन् ।

भुषाल ०५१ को प्रतिनिधिसभामा वामपन्थीहरुको गढ मानिने चितवन क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुन् । उनी ०४९ सालमा कांग्रेस चितवनको सभापति थिए । उनी चितवन कांग्रेसका पुराना नेताहरुमध्येमा पर्छन् । उनी ‘राप्ति पुल’ निर्माण पहलकर्ताका रुपमा समेत चितवन र माडीमा लोकप्रिय छन् ।

नेकपामा प्रवेश गर्दै नेता भुषालले अब सबै नेकपामा गोलबन्द भएर मुलुकको समृद्धिमा लाग्नुपर्ने उनको भनाई । पार्टी प्रवेश कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटि सदस्य योगेश भट्टराई लगायतका नेताहरु उपस्थीत थिए । नयाँ पेजबाट

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्