सरकारकाे काम देखेर बिदेशि शक्तिहरू समेत डराइसके – रक्षामन्त्री पाेख्रेल


 


इटहरी / उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जेष्ठ नागरिक भत्ता पाँच बर्ष भित्रमा पाँच हजार पुरयाउने वताउनुभएको छ । नेकपा सचिवालय सदस्य पोखरेलले इटहरीमा नेकपाका अगुवा कार्यकर्ताभेलालाई सम्वोधन गदै चुनावी घोषणा पत्रमा उल्लेखित सो प्रतिवद्धता पाँच बर्ष भित्रमा पुरा गर्ने वताउनुभयो ।

उहाँले कार्यकर्ताहरुलाई भन्नुभयो “पार्टीको घोषणा पत्र राखेर सरकारको परीक्षा लिनुहोस हामी पास मात्र होइन डिस्टिडसन ल्याउने गरि प्रतिवद्धता पूरा गर्ने छौ ।” उहाँले यो सरकार पूरानो सरकारको ठाँउमा नयाँ सरकार परिवर्तन मात्र नभई प्रणाली नै परिवर्तन भएको प्रष्टयाउनुभयो ।

प्रणालीनै परिवर्तन भएकाले नयाँ कानुन र संरचनाको अभावमा घोषणा पत्र अनुसार अहिले मुभ हुन नसकेजस्तो देखिएको वताउनुभयो । चैतभित्रमा आवश्यक कानुन निर्माण गरि सकेर अहिलेको ढिलाइको क्षतिपूर्ती सहितको काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले माघ महिना भित्र पार्टीको एकता प्रक्रिया टुङग्याउने जानकारी दिनुभयो । माघ महिला भित्र एकता सकेर फागुन र चैतमा देशब्यापी अभियान संचालन गरिने सुनाउनुभयोे । नेकपा सचिवालय सदस्य पोखरेलले नेकपाको दुइतिहाइको सरकार देखि अत्तालिएका देशी विदेशी शक्तिहरुले के कसरी वदनाम गर्न सकिन्छ कुनै कसर वाँकी नराखि लागि परेकाले सचेत रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

कार्यकर्ताहरुलाई साविकको एमाले वा माओवादी केन्द्र भएर नसोच्न आग्रह गर्दै नेकपा भएर सोच्नु पर्नेमा जोड दिनुभयो । केन्द्रमा एकिकरण ढिला भएपनि स्थानीय स्तरमा एकिकरणको काम अघि वढाउदै गरे केन्द्रलाई पनि दवाव हुने उहाँको भनाई छ । उहाँले पार्टी कमिटि नरहेको भन्दै निष्क्रिय नवस्न आग्रह गर्नुभयो । सामाजिक विकास निर्माणका गतिविधिहरुमा सक्रिय रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्