एक युवकले दुई महिलालाई खुकुरी प्रहर गरी घाइते बनाएर आत्महत्या गरे


 


झापा : झापाको अर्जुनधारामा एक युवाले दुई महिलालाई खुकुरी प्रहार गरी घाइते बनाई आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अर्जुनधारा नगरपालिका १० चुथाई निवासी ४४ बर्षिय खडानन्द पौडेल रहेका छन् ।

उनले स्थानीय २४ वर्षिय जमुना ओझा र २१ वर्षिय बिना भारतीलाई खुकुरी प्रहार गरी आफुले घाँटी रेटेर आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुबै जनाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्