टिचिङ्ग अस्पतालमै स्वतन्त्र युवा-बिद्यार्थीको प्रदर्शन : लाग्यो थापा हाइहाइ, डा केसी बाइबाई’को नारा


 


काठमाडौं, माघ ५ स्वतन्त्र युवा बिद्यार्थीहरुले अनशनरत बिजय थापाको पक्षमा प्रदर्शन शुरु गरेका छन ।

चिकित्शकहरुले युवाबिरुद्ध अभियान चलाउने र डाक्टर गोबिन्द केसीलाई मोहोरा बनाएर मुलुक र कम्युनिस्ट पार्टी तथा सरकारबिरुद्ध अभियान छेडदै थापालाई उपचारमा समेत ध्यान नदिएको भन्दै युवा बिद्यार्थीहरुले आज बित्रि शिक्षण अस्पताल (टिचिङ्ग) अगाडि प्रदर्शन गरेका हुन ।

दर्शनकारीले सरकारीतलव भत्ता, सेवा सुबिधालिएरराजनीति गर्ने डा गोबिन्द केसीलाई तत्काल बर्खासत गरी कडा कार्वाही गर्नुपर्ने तथा बिजय थापाको माग पूरा गर्नूपर्ने बताए ।

सरकारी तलव भत्ता खाएरराजनीति गर्ने चाहिँदैन, युवा बिद्यार्थीको भविश्य वर्बाद गर्न पाँदैन भन्दै प्रदर्शनकारीले कसीको बिपक्षमा कडा नारावाजी गरेका छन । उनीहरुले डा. केसीको आडमा चिकित्सशकहरु राजनीतिमा आए ठाउँका ठाउँ प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन ।

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्