तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त : मुख्यमन्त्री राई


 


उर्लाबारी, माघ ५

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका फ्रेन्डसिप चेस क्लब, मोरङको आयोजनामा आजदेखी सुरु सहिद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीन वटै तहका सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो ।

जनताको छोराछोरी सरकार प्रमुखका रुपमा आईसकेकाले अब कोही राजा महाराजाले राष्ट्र प्रमुख हुने सपना नदेखे हुन्छ – मुख्यमन्त्री राईले भन्नुभयो । देशमा पहिलो पटक संघियता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउनुभयो । बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राईले यो खेलले महत्व नपाएकै कारण ओझेलमा परेको आफुले महशुस गरेको बताउनुभयो ।

उहाँले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होईन मानिसलाई मागदर्शन र स्वभाविक गतिमा हिड्न प्ररेणा दिने उल्लेख गर्नुभयो । पाँच दिनसम्म चल्ने प्रतियोगितामा देशभरीका १ सय ५० भन्दी बढी खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार, तेस्रो हुनेलाई रु ३० हजार, चौथो रु २० हजार, पाँचौ हुनेलाई रु १५ हजार गरी टप १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्