प्रदेश सांसद लिम्बु असहाय आमाको घर पुग्दा…(भिडियो सहित)


 


उर्लाबारी,  माघ ४

मोरङको मिक्लाजुङ–६ की असहाय सनमाया दर्जीको घर निर्माणको तयारी थालिएको छ । ७८ वर्षीया बृद्धा सनमायाको परिवारको घर निर्माणका लागि स्थानीय यामबहादुर गजमेरको संयोजकत्वमा समिति बनेको हो ।

उक्त समितिले घर निर्माणका लागि प्रक्रिया थालिसकेको संयोजक गजमेरले जानकारी दिए । शुक्रबार मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) घरमै पुगेर परिवारको अवस्थाका बारेमा जानकारी लिए ।

सांसद लिम्बूले घर निर्माण समितिलाई ब्यक्तिगत रुपमा सहयोग गर्ने बचन दिए । सबै जनतालाई आवासको ब्यवस्थापन गर्न प्रदेश सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्ने उनले भनाई छ ।

https://www.youtube.com/watch?v=Sre8DEfQNmw&t=19s&fbclid=IwAR0PAFAezGJGMwu2NyuPLjekurXpWEYHz6Xjdm_LXa8h9RjjaKoOVx-n_z8

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्