आगलागी पिडितसँग भेटेर प्रदेश सांसद् लिम्बुले गरे आर्थिक सहयोग


 


उर्लाबारी, माघ ४

मोरङको लेटाङ नगपालिका – ९ का आगलागी पीडित बंशराज दाहाललाई मोरङ क्षेत्र नं. १ का सांसद कुलप्रसाद लिम्बू (कुशल) ले तत्कालका लागि रु ६ हजार सहयोग गर्नुभएको छ ।

आज आगलागी पीडितलाई भेटेर ब्यक्तिगत रुपमा सो रकम सहयोग गर्नुभएको हो । विपतका बेला सबैले सहयोग गर्नु पर्ने उहाँको भनाई छ । हिजो दिउँसो आगलागी हुँदा दाहालको ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

बिद्युत चुहावट भएर भएको आगलागीबाट दाहालको दुई तले काठको घर जलेर नष्ट हुँदा घर, घरभित्र रहेका अन्न्पात, लत्ताकपडा, सुनचाँदी लगायतका सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको थियो । आगोलाई स्थानीयबासी, प्रहरी तथा सुन्दरहरैँचा नगरपालिका र इटहरी उपमहानगरपालिकाको वारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्