दाताकाे सहयाेगबाट सञ्चालित बिद्यालयलाई प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने
इटहरी प्रदेश नम्वर एककै एकमात्र एसओएस हर्मन माइनर विद्यालय इटहरीको निरन्तरताको लागि प्रदेश र स्थानीय सरकारले सहयोगको प्रतिवद्धता जनाएका छन । अविभावक र आफन्त गुमाएका साथै पछाडी पारिएका उत्पिडित समूदायका वालवालिका पढने दाताको सहयोगमा सञ्चालित सो विद्यालयमा दाताको सहयोग नरहदा पनि निरन्तरताका लागि स्थानीय र प्रदेश सरकारले प्रतिवद्धता जनाएका हुन ।
एसओएस इन्टरनेशनलले सन २०२० देखि विद्यालय सञ्चालनका लागि सहयोग नगर्ने भएपछि सरोकारवाला पक्ष सँग छलफल गरिएको हो । एसओएस वालग्राम इटहरीले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारको तर्फवाट गर्नुपर्ने साथ सहयोग रहने वताउनुभयो । प्रदेश सांसद सर्वध्वज सावाँ र संविधानसभाका पूर्व सांसद धर्म निरौलाले स्थानीय र प्रदेश सरकारले सहयोग गरेर यो विद्यालयलाई पूवर््ाकै नमूना वनाउनुपर्नेमा जोड दिनुभयो ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्थानीय सरकार एसओएस विद्यालय सँग सहकार्य गरेर अघि वढन तयार रहेको वताउनुभयो । एसओएस नेपालका राष्टिय निर्देशक इश्वरी प्रसाद शर्माले स्थानीय र प्रदेश सरकार वाट प्राप्त प्रतिवद्धताले आर्थिक श्रोत अभावले विद्यालय वन्द नहुनेमा ढुक्क वनेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले विद्यालयको अवस्था,चुनौती र चुनौती समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
एसओएस वालग्राम इटहरीमा १सय ३५ जना अविभावक गुमाएका वालवालिका वस्दै आएका छन । उनीहरुको आवासका लागि १४ वटा भवन छन । विद्यालयमा ५सय ५० जना वालवालिका पढदै आएका छन । सो विद्यालय इटहरीको ए ग्रेढको विद्यालयका रुपमा परिचित छ । कार्यक्रमा एसओएस इटहरीका निर्देशक देवचरण चौधरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।
प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार