नेपालमा पानी जहाज कार्यालय स्थापना, १६ जना कर्मचारीको दरबन्दी


 


काठमाण्डौँ, माघ ३

सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको सरकारका प्रबक्ता गोकुल बास्कोटाले बताए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी सहित पानी जहाज कार्यालयले काम थाल्ने बताए । उनले अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउन कार्यालय स्थापना भएको दावी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज चलाउने घोषणालाई व्यंग्य गर्दै कांग्रेस कार्यकर्ताले केही समयअघि कागजको पानी जहाज बनाएर प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालबाट पानी जहाजको टिकट काटेर घुम्न जाने र पहिलो भ्रमणमा आफ्ना आलोचकलाई लैजाने समेत बताएका थिए ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्