बुटवलमा कांग्रेसको शक्ति प्रर्दशन, केन्द्र र प्रदेश सरकारबिरुद्ध युवा नेताहरु कुर्लिदै


 


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसद र सडकमा कमजोर भएको टिप्पनी चलिरहेका बेला युवा नेताहरुले भने बुटवलमा शक्ति प्रर्दशन गर्ने भएका छन् । प्रदेश नम्वर ५ र संघ सरकारलाई संयुक्त दवाव दिने उदेश्यले कांग्रेसका नेताहरु शक्ति प्रर्दशनमा उत्रिने भएका छन् । ५ नम्वर प्रदेशको राजधानी दाड सार्न लागेको भन्दै कांग्रेस नेताहरुले खवदारी सभा गर्ने भित्रि उदेश्य राखेपनि केन्द्रीय सरकारबिरुद्ध पनि उनीहरुले खवरदारी गर्ने भएका छन् ।

प्रदेश सरकार गठन भएको एक बर्षसम्म पनि स्थायी राजधानी नतोकेर मुख्यमन्त्री शंकर पोखरेलले षड्यन्त्र गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ भने निर्मला बलात्कार काण्डका दोषिलाई उन्मुक्ति दिएको भन्दै भण्डाफोर गर्ने तयारी कांग्रेसले गरेको छ । कांग्रेसले ५ नम्वर प्रदेशको गाडी खरिद प्रकरणलाई पनि आफ्नो जनदवावको बिषय बनाउने कांग्रेस रुपन्देही सचिव रामकृष्ण खांणले बताए ।

-वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन जनप्रदर्शन गर्न लागेका छौ-कांग्रेस रुपन्देही सचिव खांणले भने-देउवा सरकारले अस्थायीरुपमा तोकेको प्रदेशको राजधानी पनि सार्ने षड्यन्त्र हामीले पाएका छौ, त्यसको पनि भण्डाफोर गर्छाै ।

कांग्रेसका शक्ति प्रर्दशनमा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक बुटवल पुगिसकेका छन् । युवा नेताहरुले सम्वोधन गर्ने कार्यक्रममा ५० हजार मानिस उर्तार्ने योजना कांग्रेसले बनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्