भाजपाका अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु, एम्स अस्पताल भर्ना


 


काठमाडौं, माघ ३ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ । उनलाई बुधबार राति ९ बजे उपचारका लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो स्वास्थ्य अवस्थाबारे शाह आफैले ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ, र यसको उपचार जारी छ । ईश्वरको कृपा र तपाईँ सबैको प्रेम तथा शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’ गृहमन्त्री राजनाथ सिंहले ट्वीट गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्