कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा गोंगबुको जुवाको खालबाट समातिए


 


काठमाडाैँ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा गोंगबुको जुवाको खालबाट समातिएका छन । राजधानीको गोंगबुस्थित गणेशस्थानबाट गर्बुजासँगै १५ जुवाडे पक्राउ परेका छन् । गणेशस्थानस्थित एक व्यक्तिको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गर्बुजा लगायतलाइ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसर्पाकका इन्सपेक्टर मोहन विक्रम केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रहरीले जुवाडेको साथबाट ५ लाख ३५ हजार ८ सय ४० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा रोशन गुरुङ, रमेश परियार, निर्मल सिलवाल, पुष्प गुरुङ, बुद्धि तमाङ, श्याम श्रेष्ठ, खमबहादुर गरबुर्जा, कुमार मल्ल, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिर दिन मियाँ र गणेश घले रहेका छन् ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्