पर्वत बस दुर्घटना अपडेट : मुत्यु हुनेको संख्या ५ पुग्यो, ३६ जना घाइते


 


पर्वत । कुश्मा नगरपालिका मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा मुत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट ७० मिटर तल खसेको हो ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्