नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग


 


काठमाडौँ, माघ ३

कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ ।

माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ । संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिएका थिए ।

विधानअनुसार महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ मै सकिएको हो । महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्