झापामा ६५ वर्षीया वृद्धा बलात्कारको आरोपमा युवक पक्राउ


 


झापा, माघ ३

झापामा एक वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। झापा गाउँपालिका २ बस्ने ६५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका १९ वर्षीय लक्ष्मण चौधरी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका युवकले वृद्धालाई उनकै घरमा गएर रक्सी सेवन गरी बलात्कार गरेका हुन्। वृद्धालाई बलात्कार गरेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कुमोरखोदलाई खबर गरेका थिए।

सो कार्यालयबाट खटिएका प्रहरी टोलीले ती युवकलाई मंगलबार राति पक्राउ गरेको हो। यता पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा ल्याइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

प्रकाशित मिति: ३ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्