गोविन्द केसीका सबै माग विधेयकमा समेटिएको छ -योगेश भट्टराई


 


इलाम । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनशन बसिरहेको नेकपाका नेता योगेस भट्टराईले बताए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु पूरा भएको बताए । ‘माग पूरा भएकोमा फुल माला लगाएर बधाई थाप्नु पर्नेमा डा. केसी इलाममा आएर खुसुक्क अनशन बसेका छन् ।’ उनले भनेर्, काठमाण्डौं आउनुस् डा. साब विधेयक बनाउन भूमिका खेलेकोमा हामी फूलमाला लगाएर स्वागत गरौंला ।’

‘संसदबाट कुनै पनि व्यक्तिको जीत भएको छ भने त्यो व्यक्ति डा. केसी हो । उनका मागहरु सम्बोधन गरेर संसदले डा. केसीलाई फूलमाला लगाइसकेको छ । ’ उनले भने, ‘कुनै व्यक्तिको एजेण्डामा चार चार महिना संसदमा छलफल भएको थिएन ।’

डा. केसीसँग भएका संझौताहरुनै विधेयकमा समावेश भएको र संझौताभन्दा बाहिरका व्यवस्था छन् भने अझ राम्रो गर्नका लागि ल्याएको नेता भट्टराईले बताए । ‘डा. केसीले नभनेका राम्रा काम गर्नै नहुँने भन्ने होइन होला नि ?’ नेता भट्टराईले भने, ‘विधेयक हेर्नै नपाई अनशनमा डा. केसी अनशन बसेका छन् । बुझ्ने वित्तिकै उहाँले आफैं अनशन तोड्नु हुन्छ ।

प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको चिकित्सा विधेयक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले डा. केसीले कांग्रेसको एजेण्डा बोकेको पनि बताए । ‘डा. केसी र कांग्रेसमा भिन्नता छैन, उहाँ कांग्रेससँग मिलेर सरकारलाई घेराबन्दी गर्न खोजिहनु भएको ।’ नेता भट्टराईले भने, ‘उहाँ व्यावसायिक भन्दा पनि कम्युष्टिको घोर विरोधी हो । उहाँलाई कम्युनिष्ट फोबिया छ ।’ चुनावको बेला डा. केसी चारतारे झण्डा बोकेर भोट माग्न हिँडेकाले उनी तथष्ठ नभएको पनि उनले दाबी गरे ।

चिकित्सा शिक्षासँग साइनो नजोडिएको द्वन्द्वकालीन मुद्धालाई समेत डा. केसीले अगाडि बढाएको भन्दै नेता भट्टराईले ति मुद्धाहरु बोक्न जरुरी नभएको बताए । द्वन्द्वकालीन मुद्धा हेर्नका लागि आयोगहरु बनाइएकाले प्रक्रियागत रुपमा समस्या समाधान हुने उनले बताए ।

डा. केसीको अनशनले २० वर्षमा पनि इलाममा मेडिकल कलेज नखुल्ने नेता भट्टराईले बताए । विधेयकमा व्यवस्था भएको चिकित्सा विश्व विद्यालय मार्फत मात्र मेडिकल कलेज खोल्न संभव हुने पनि उनले बताए ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्