कतारको लोभलाग्दो आर्थिक विकास


 


दोहा, सन् २०१७ जुनमा ४ छिमेकी राष्ट्रले कतारविरुद्ध आर्थिक र कुटनीतिक प्रतिबन्ध लगाएका थिए । यस दौरानमा कतारले धेरै समस्याहरुको सामना गर्यो ।

लन्डनस्थित रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका विद्यार्थी माइकल स्टिफन्स भन्छन्, कतारका मानिसहरुले दुई ठूला समस्यासँग जुध्न परेको थियो । पहिला दुँनियालाई यो सम्झाउनु थियो कि कतारले विन लादेनजस्ता चरमपन्थीको समर्थन गर्दैन भनेर र दोस्रोमा कतारको अर्थव्यवस्था मजबुत छ, विदेशी लगानीको लागि पनि राम्रो स्थिति छ ।

साउदी अरब, बहराइन, मिस्र र संयुक्त अरब इमिरेट्सले ग्यास सम्पदामा समुद्ध कतारमाथि चरमपन्थीलाई वित्तपोषण गरेको आरोप लगाउँदै विभिन्न तरहका प्रतिबन्ध लगाएका थिए । तर यो आरोप कतार मान्दै आइरहेको छैन ।

यी ४ देशले कतारसँग १३ माग गरेका थिए । जसमा इरानसँगको आर्थिक सहयोग अन्त्य गर्नुपर्ने र अल जजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि रहेको थियो । कतारले भने यी सबै माग पूरा नगर्ने जनायो र १९ महिनादेखि कतारमा नाकाबन्दीको स्थिति रहेको छ ।

नाकाबन्दी हुनुभन्दा पहिले कतारको कूल आयातको ६० प्रतिशत हिस्सा यी चार देशसँग हुने गर्दथ्यो र अहिले यी चारवटै देश कतारको विपक्षमा छन् । कतारले आयात गर्ने वस्तुमा सबैभन्दा धेरै खाद्यसामग्री हुन्थ्यो । यसर्थ कतारले टर्की र इरानको माध्यमबाट वैकल्पिक आपूर्ति मागको सुरक्षित गर्नको लागि दूत्र गतिमा काम गर्न परेको थियो ।

कतारका एक पूर्व आर्थिक सल्लाहकारले भने, ”विपरीत परिस्थितिको सही ढंगले सामना गर्न कतार सक्षम भयो ।” कतार इन्भेस्टमेन्ट फन्ड अल रयानका वरिष्ठ निर्देशक अकबर खानले असाधारण संकटबाट बच्न कतारले सोचेकोभन्दा राम्रो काम गरेको हो ।

समयले पनि कतारको साथ दियो र नाकाबन्दीको बाबजुद सेम्टेम्बर २०१७ मा यसले ७.४ बिलियन डलरको लागतमा हमाद बन्दरगाहको सुरुवात गर्यो, जसको कारण यो बन्दरगाहमा अधिक संख्यामा जहाजहरु आउन थाले । योभन्दा पहिले कतार छिमेकी देशको बन्दरगाहमा आश्रित थियो ।

कतारसँग हाइड्रोकार्बनको विशाल भण्डार छ, जसले नाकाबन्दीको समयमा पनि देशलाई आर्थिक रुपमा मजबुत राख मद्दत गर्दछ । २०१७ मा कतारको आर्थिक विकास १.६ प्रतिशतले बढ्यो । अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुसार २०१८ मा २.४ प्रतिशत र २०१९ मा ३.१ प्रतिशतसम्म बढ्नेछ ।(एजेन्सी)

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्