उपमेयर भण्डारीद्धारा माघे संक्रान्ति र कक्फेक्वा तङनामको शूभकामना


 


उर्लाबारी माघ १

उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीले आज माघे सक्रान्ति र लिम्बु समुदायको दोस्रो ठूलो चाड कक्फेक्वा तङनाम पर्व २०७५’ का अवसरमा  शूभकामना दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले सन्देश दिनुहुँदै उर्लाबारी नगरबासी, स्वदेश तथा विदेशमा सम्पुर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उपमेयर भण्डारीले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी सम्मिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहाद्र्रताका लागि विश्वकै नमूना राष्ट्र भएको बताउनुभएको छ ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्