देश खोज्दै जॉदा…
कविता राई
इष्टिकोटको भित्री गोजीमा
प्रीयाले हाल्दिएको नागरिकता बोकेर
आमाले दिएको अलिकति
गुन्द्रुकको अचार र सातु पोक्याएर निस्किएं म देश खोज्नलाई ।
अक्कर काटेर
अरुणको वगरै वगर लेगुवा पुग्दा
असाध्यै धापिएं
नदीमा पानी तिर्खा मेरो आंतमा
नसक्नुको प्यास रहेछ देश भनेर
बुझें पहिलोपल्ट ।।
धनकुटा काटेर चुरे चढ्दै गर्दा
छिप्पिएर आएछ भोक
आमाले हाल्दिएको सातु पनि सकिएछ
अघाउॅछु कि भनेर
ढुङ्गा र माटो उठाएर सुॅघे
झनै बटारियो पेट
नसक्नुको भोक रहेछ देश
भनेर बुझें दोस्रोपल्ट ।।।
बल्लबल्ल भेडेंटार उक्लिएर
थकित मन मष्तिष्क विसाएर
सुस्ताउॅदै गर्दा
हिंड्दा हिंड्दा पिल्सिएका पैतला सुम्सुम्याउंदै गर्दा
झमक्कै सॉझ परेर आयो
हत्केलाले एकाकार गर्न खोजें दृष्यलाई
तारा जस्तै पर ।।।
चम्कॅदै थियो धरान वजार
काहिं आकाशगङ्गा काहिं व्लाकहोल
रहेछ देश भनेर बुझें तेस्रोपल्ट ।।।
सोध्न विर्सेछु आमालाई हिड्नेवेलामा
कहॉ हुन्छ देश ?
आकाशमा उदाउॅछ कि
धर्तीमा फल्छ देश ?
हराएं देश खोज्दाखोज्दै
गाउॅदेखि सहरसम्म
मैदानदेखि हिमालसम्म
कहॉ खोजिन देश ?
मैले बोक्ने इट्टाका थाकहरूमा
मैले चाल्ने वालुवाहरूमा
मैले पकाउने च्यॉख्लाहरूमा
काहिं भेटिन देश ।।।।।
सुदुर गाउॅमा मेरो काजक्रिया सकियो होला
अब यो फुलेको दारीजुॅगाले बोल्दो हो देश
मेरो उदासीले सुस्काउॅदो हो देश
मेरो नागरिकताले भेट्दो हो देश ।।।।
प्रकाशित मिति: ३० पुस २०७५, सोमबार