काठमाण्डौ उपत्यकाको तापक्रम घट्यो


 


काठमाण्डौँ, पुस ३०

काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार हिजोदेखि न्युनतम तापक्रम घटेको हो । गएको शनिबार काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले बदली भएका कारण गएको साता तापक्रममा निकै उतारचढाव आएको थियो ।

यसवर्ष अहिलेसम्म सबैभन्दा कम न्यूनतम तापक्रम ०‍.५ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव कम भएकाले हिजो आशिंक बद्ली भए पनि आज सामान्यतया मौसम सफा हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज हिमाली भेगमा राति भने हल्का हिमपातको सम्भावना छ । यस्तै पश्चिम पहाडी भेगमा आशिक बद्लीको सम्भावना छ ।

प्रकाशित मिति: ३० पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्