रामचन्द्र पौडेल निकट नेविसंघका ४५ केन्दीय सदस्यले दिए राजीनामा


 


काठमाडौं । नेपाल विद्यार्थी संघका ४५ जना केन्दीय सदस्यहरुले सयूक्तरुपमा राजीनामा दिएका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले उनलाई नै भेटेर संयूक्तरुपमा राजीनामा दिएका हुन्। वर्तमान कार्यसमितिले १२औं महाधिवेसन समयमा गर्न नसकेको भन्दै उनिहरुले नेता पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

नेविसंघको विधानअनुसार राजीनामा संघका अध्यक्षलाई बुझाउनुपर्ने प्रावधान छ। तर, संघका अध्यक्ष नैनसिंह महर गैरजिम्मेवार रहेकाले वरिष्ठ नेता पौडेललाई राजीनामा बुझाउनुपरेको केन्द्रीय सदस्य भोला नेपालले जानकारी दिए । उनले माघ २ पछि वर्तमान कार्यसमिति रहनुहुँदैन भनि राजीनामा बुझाएको समेत बताए ।

राजीनामा बुझ्ने क्रममा नेता पौडेलले माघ २ पछि वर्तमान कार्यसमितिको अवधि बढाउन नहुने पक्षमा आफू पनि रहेको बताएका थिए। नेविसंघको म्याद २ माघमा सकिदै छ ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्