वाइडबडी भ्रष्टाचारमा देउवाको संलग्नता देखिएपछि कांग्रेस सांसद पर्यटनमन्त्रीको बिरोधमा


 


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वाइडबडी विमान खरिदको भ्रष्टाचारमा मुख्य व्यक्ति रहेको खुलासा भएपछि नेपाली कांग्रेसका सांसदहरूले अनेक बहाना निकालेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीविरूद्ध अाक्रोशित देखिएका छन ।

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टमा सहभागी भएर शनिबारमात्र लुम्बिनीबाट काठमाडाैँ फर्किएका मन्त्री अधिकारीविरूद्ध भोलिपल्ट प्रदेश नम्बर ५ काे प्रदेशसभामा कांग्रेस सांसदले मन्त्री अधिकारीको राजिनामा माग गरे । कांग्रेसका सांसद फकरुद्धिन खानले वाइडबडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरे ।

खानले मन्त्री अधिकारीलाई निलम्बन गर्न पनि माग गरे । उनले मन्त्री अधिकारी लुम्बिनी विकास कोषको पदेन अध्यक्ष समेत भएका र आफू पनि लुम्बिनी क्षेत्रको सांसद भएकाले कोष जस्तो पवित्र संस्थाको अध्यक्ष वाइडबडी विमान खरिदको अनियमिततामा मुछिएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले अनियमितताको प्रश्न टुंगो नलागेसम्म निलम्बन र राजीनामा नभए मन्त्री अधिकारीलाई लुम्बिनीका जनताले बहिस्कार गर्ने चेतावनी समेत दिए । पार्टी सभापति नै वाइडबडी भ्रष्टाचारको नाइके भएको सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बाइडबडीको सन्दर्भमा बिरोध गर्नेहरू भने शान्त बनेक छन । देउवाको संलग्नता नखुल्दासम्म उफ्रिरहेका कांग्रेस कार्यकर्ता सुनशान देखिएका छन । तर सांसदहरूले रविन्द्र विरूद्ध अाक्रोश पोख्न थालेका छन ।

तथ्यले देउवाले पर्यटन मन्त्रालय सम्हालेकाे समयमा वाइडबडीकाे खरिद भुक्तानीका लागि अनुमति दिएकाे पाइएकाे छ । पर्यटन मन्त्रालयका अनुसार २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो भने त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद्को सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ । यो विवरण गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायाेे । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत लाेकान्तरका दिलनिशानी मगरसँग कुरागर्दै लेखा समितिमा गएकाे तथ्य गलत रहेकाे र त्यतिखेर देउवा पर्यटनमन्त्री रहेकाे बताएका छन ।

यता वाइडबडी खरिद प्रकरणमा देउवा नै निर्णायक रहेकाे कुरालाई तत्कालीन पर्यटन सचिव शंकर अधिकारीकाे स्पष्टीकरणले छर्लंग पारिसकेकाे छ । पछिल्लोपटक संसदकाे राेष्टममा नै उभिएर देउवाले छानविन गर्न माग गर्नुुुुकाे पछाडी कसिनकाे बाँडफाँड रहेकाे बुझिएकाे छ । देउवा निकटस्राेतका अनुसार उनले पूर्व प्रतिवद्धता अनुसारकाे कमिसन पाएका छैनन् । जसका कारण उनी सार्वजनिक रुपमै टिप्पणीमा उत्रिएका छन ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्