गोविन्द केसीको माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?


 


काठमाडौं । डाक्टर गोविन्द केसी यसपटक राजनीतिक मुद्दासमेत माग राखेर अनसनमा छन् । उनले द्वन्द्वकालका घटनाका विषयलाई समेत आफ्नो अनसनको बुँदामा राखेका छन् । उनको अनसनलाई सत्तारुढ दल नेकपाका नेता, सांसद योगेश भट्टराईले डा. केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन्।

सांसद भट्टराईले डाक्टर केसीका चिकित्सा शिक्षा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ भन्दै प्रश्न गरेका छन् । चिकित्सा शिक्षा विधेयकको नाममा नेपालको शान्ति प्रक्रिया, संविधान, सरकारविरुद्धको षड्यन्त्रमा डा. केसी अनसनमा राखिएको उनले बताए ।

‘चिकित्सा विधेयकको कुरा गरिरहँदा द्वन्द्वकालका मुद्दाको विषय कहाँबाट उठेको हो ? त्यससँग द्वन्द्वकालको मुद्दाको साइनो कहाँ छ ?’ सांसद भट्टराईले प्रश्न गरे, ‘चित्रलेखा यादव शिक्षामन्त्री हुँदा मेडिकल कलेज खोल्नका लागि आशयपत्र लिएका छन्। त्यसको विषयमा उहाँले कही प्रश्न उठाउनु भएको छैन ।’

सञ्चारमाध्यमसँग सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकबारे केसीका सबै माग सम्बोधन भैसकेको बताए । पछिल्लो अनसनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले अनसन हलुका बनाएको टिप्पणी गरे ।

अहिले नाजायज माग लिएर राजनीतिक आक्रमणमा उत्रेको भट्टराईले बताए । जायज माग सम्बोधन गरिन्छ तर, नाजायज माग राखेर राजनीतिक आक्रमण गर्ने देखिएको उनले बताए

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्