फूलचोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको उद्धार


 


ललितपुर : ललितपुरको फूल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनालाई प्रहरीले गएराती उद्धार गरेको छ । काठमाडौंबाट फूल्चोकी घुम्न गएका उनीहरु जंगलमा हराएका थिए । उनीहरुलाई राती आठ बजे उद्दार गरिएको प्रहरीले जनाएको छ । तीनघन्टाको खोजीपछि उनीहरु फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

हराएका युवायुवतीलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फूलचाेकी जंगलको बीचमा खोंचमा भेटिएको ललितपुरका एसपी शेखर खनाालले जानकारी दिए । उनीहरुलाई प्रहरीले उद्दार गरेर राति १० बजे महानगरीय प्रहरी प्रभाग बाडेगाउँ ल्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्