क्यानडा लेखिएको टिसर्ट लगाएर शरण दिने देश पुगिन् साउदी युवती, मन्त्रीले भनिन्, ‘निकै साहसी नयाँ क्यानाडेली’
एजेन्सी धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएपछि उनी हाँसीहाँसी क्यानडा पुगेकी छिन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित क्याप लगाएको तस्बिर विभिन्न सचार माध्यमले सार्वजनिक गरेका छन् ।
राहफ मोहम्मद अल कूनन, १८, बैंककमार्फत अष्ट्रेलिया भाग्ने कोसिसमा थिइन् । तर बैंककको एयरपोर्टमा फसेपछि उनलाई उनको परिवारले कुरिरहेको कुवेतमा फिर्ता पठाइने सुरुमा बताइएको थियो ।
उनी आफ्नो परिवार भएठाउँ कुनै पनि हालतमा नफर्कने जिद्दीसहित आफूलाई एयरपोर्टको होटल रुममा थुनिन् र सोसल मिडियामार्फत आफ्नो स्थितीबारे जानकारी दिइन् । उनको मुद्दाले अन्तरराष्ट्रिय ध्यान खिचेको थियो ।
आफूले इस्लाम त्योगेको उनले बताएकी थिइन् । साउदी अरेबियामा आफ्नो धर्म त्याग्नुको अर्थ मृत्युदण्ड हो ।
क्यानडाकी विदेश मन्त्री क्रिस्टिया फ्रिल्यान्डले ती किशोरीलाई ‘निकै साहसी नयाँ क्यानाडेली’ । उनका अनुसार अल–कुनन आफ्ना लामो यात्रापछि निकै थाकेका कारण शनिबार कुनै सार्वजनिक बयान दिनसक्ने अवस्थामा छैनन् ।
‘उनी निकै साहसी युवती हुन् जसले धेरै कुरा सहेकी छिन् । अब उनी आफ्नो नयाँ घर जाँदै छिन्,’ उनले भनिन् ।
प्रकाशित मिति: २९ पुस २०७५, आइतबार