आफ्नो तथ्य ठिक पार्नुहोस, प्रधानमन्त्रीज्युको तथ्यांक सत्य छ, म बहस गर्न तयार छु-अर्थमन्त्री


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिथ्या तथ्यांक प्रस्तुत गरेर संसदमा झुट बोलेको विपक्ष दलहरुले आरोप लगाइरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीको बचाउ गरेका छन् । संसदमा प्रधानमन्त्री ओलीले पेश गरेका तथ्यांकमा कुनै समस्या नभएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।
‘प्रधानमन्त्रीज्यूले संसदमा पेश गरेको तथ्यांकमा कुनै कमजोरी छैन, सवै तथ्यांक बास्तविक सत्य छन्’,अर्थमन्त्री खतिवडाले भने ‘प्रस्तुत गरेका तथ्यांकहरु कोही तीन महिनाका छन्, कोही चार र कोही पाँच महिनाका छन्, ति तथ्यहरु सवै सत्य छन् ।’ उनले बास्तविकता नै नबुझी प्रतिपक्ष र मिडिलाले आलोचना गरेको बताए ।
प्रधानमन्त्रीज्यूले संसदमा पेश गरेका तथ्यांकमा सत्य भएको बताउँदै अर्थमन्त्री खतिवडाले भने ‘म जोसुकै जहाँ पनि बहस गर्न तयार छु । प्रधानमन्त्रीले प्रस्तुत गरेका तथ्यांक कसरी गलत भए ? हाम्रो ब्यापार घाटा बढेको छ । यो सत्य हो । ब्यापार घाटा भनेपछि आयात बढ्नु र निर्यात घट्नु हो । यसमा धेरै चर्चा गरिरहनु परेन किनकी प्रधानमन्त्रीले यो संसदमै स्वीकार गरिसक्नु भएको छ ।’

प्रकाशित मिति: २८ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्