एक यूवाले बाटोमा भेटिएको सुन बुझाए इमान्दारीताको नमुना !


 


म्याग्दी म्याग्दीका एक यूवाले सडकमा भेटाएको सुनको सिक्री बुझाएका छन् । बेनीस्थित नेपाल बैंकबाट निकालेर घर जादै गरेको अवस्थामा बेनी नगरपालिका ६ की गौमती बानियाँले हराएको सुन स्थानीय यूवा विश्व बानियाँले फेला पारेपछि सामाजिक सञ्जालमा पोष्ट गरेको भोलिपल्ट वडा कार्यालय मार्फत बुझाइएको हो ।

‘बाटोमा भेटिएपछि तत्कालै मैले फेसबुकमा हाले,‘धेरैले आफ्नो भन्दै फोन गरे, आधिकारिक ब्यक्ति नै उपस्थिती भएपछि बुझाए’ बानियाँले भने ।‘फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु,‘त्यो सुनधनीको मेहनतलाई दुरुपयोग गर्न चाहिँन’ उनले बेनीअनलाइनसंग भने । उनका अनुसार आफुँले इमान्दारितापूर्वक फिर्ता गरेको बताए ।

वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले इमान्दारिताको नमुना प्रस्तुत गरेको भन्दै्र वडा कार्यालयमै बोलाएर धन्यवाद समेत दिएको बताए ।
‘यस्ता यूवाहरुको आवश्यता छ,अहिलेको समाजले धेरैले पाठ सिक्नुपर्छ’ बानियाँले भने । यता हराएको सुन पाउँदा निकै खुसी लागेको गौमती बानियाँले बताईन् । उनले जानकारी पाएपछि आफुँले प्रमाणसहित उपस्थित भएको बताईन् ।

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्