एनएमबी बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश
काठमाडौं, पुस २७
एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको राजधानीमा सम्पन्न २३औं वार्षिक साधारणसभाले बैंकको आर्थिक वर्ष २०७४/ ७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार