एक युवकले मुटु चोरिएको भन्दै प्रहरीमा उजुरी दिए


 


नागपुर सामान्यतया हामीले गरगहना, पैसा तथा मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेको सुनेका छौं । कतिपयले त आफ्नै सामान चोरी भएको उजुरी पनि टिपाइसक्नु भएको पनि होला ।

हाम्रो छिमेकी देश भारतमा अनौंठा कुराहरु समयसमयमा भइरहेका हुन्छन । भारतमा एकजनाले कसैले आफ्नो मुटु चोरी भएको उजुरी टिपाएको समाचार सुन्दा तपाईँलाई अनौठो लाग्न सक्छ ।

अच्चम नमान्नुहोस् महाराष्ट्रका एक युवाले प्रहरी चौकीमा यस्तो अनौठो उजुरी गरेका छन । आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराएका छन् । ती युवा आफ्नो मुटु चोरी भएको उजुरी दर्ता गराउन आएपछि त्यहाँका प्रहरी अचम्म परे ।

एउटी युवती आफ्नो मुटु चोरी गरेर भागेकी र चोरी भएको मुटु प्रहरीले खोजेर ल्याइदिनुपर्ने भन्दै उजुरी दर्ता गर्न ती युवा प्रहरी चौकी आइपुगेका थिए ।

चोरी भएका सामानहरु फिर्ता ल्याइदिने भनेर उजुरी आउनु त प्रहरीमा सामान्य नै हो । तर मुटु नै चोरी भएको उजुरी आएपछि ड्यूटीमा खटिएका प्रहरीले यो विषयमा के गर्ने भनेर माथिल्लो तहका अधिकारीसँग सम्पर्क गरेका थिए ।

त्यहाँका एकजना उच्च अधिकारीले बताएअनुसार, यो घटना नागपुरको एक प्रहरी चौकीमा भएको थियो ।

ती युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै यो समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए । तर प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै ती युवालाई घर फर्केर जान आग्रह गरेका थिए ।

नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले आफूहरुकोमा असामान्य घटनाका बारेमा पनि उजुरी आउने भन्दै यसको बारेमा गएको हप्ता खुलासा गरेका थिए । एजेन्सी

प्रकाशित मिति: २७ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्