पाँचथरको रानिगाउ यासोक मरभुमीमा परिणत हुँदै: पानी र खानाको अभावले गाउँलेहरु बसाँई सर्न थाले


 


पाँचथर नेपालको सुदुर पूर्वी पहाडी जिल्ला पाँचथर स्थित कुम्मायक गाउँपालिकाका जनता खानेपानीको हाहाकारका कारण गाउँ छोडेर बसाँई सर्न थालेका छन् । एक गाग्री पानीका लागि दुई घण्टा पैदल हिँडेर जानुपर्छ र घण्टौं लाईनमा बसेर पानी भर्नुपर्ने बाध्यता भएका यो क्षेत्रका जनता पानिका मुहान मात्र होईन बोट बिरुवानै सुक्न थालेपछि खानेकुरा र पानिको अभावले गाउँ छोडेर अन्यत्र सर्न थालेका हुन् ।

यो बाध्यता सुरु भएको पाँच छ बर्ष भै सक्दापनि यहाँका बासिन्दाले आज सम्म यो सास्ती भोग्दै आएका छन् । बस्ति आसपासका धाराका मुहानहरु सुक्न थालेपछि उनिहरु बर्षौदेखी पानीकै चाहारामा अन्य काम छोडेर हिड्नु परेको छ । गाउँपालिकामा नै पानीको हाहाकार भएपछि गाउँलेहरु पानी लिन जाने एउटामात्र धारो स्याम्बारुम्बामा छ । त्यहाँ पानी भर्न बसेकाहरुको भिडको दृश्य कुनै बजार र मेला भन्दा कम्ती देखिंदैन ।

पानीको अभाव हुनुभन्दा पहिले यो क्षेत्रमा मनग्य खाद्यबाली उत्पादन हुन्थ्यो । तर आज यो क्षेत्रमा कोदो समेत राम्ररी नफल्दा यहाँका जनता अप्ठेरोमा परेर बिस्तारै बसाँई सरिरहेका छन् ।

पूवी पहाडी जिल्ला मध्य अत्यन्तै कम बर्षा हुने यो क्षेत्रमा पानी र खाद्ये बाली उत्पादनको यो सास्तीले गर्दा आफ्नो थाक थलो नै छोडेर उनिहरु अन्यत्र बसाँई सर्नु पर्दाको दुखेसे त्यहाँका प्राय सबैको मुखबाट सुनिन्छ । अवस्था यस्तो सम्म छ कि बाँस केरा लगायतका बोटबिरुवा समेत पानीको अभावले सुक्दै गएका छन् ।

रुख बिरुवा भएकै ठाउँमा समेत पानीका मुहान सुक्दै गईरहेको यो क्षेत्रमा बोट बिरुवा सुक्दै जाँदा यो क्षेत्रमा मरभुमीमा परिणत हुने निस्चित छ, यहि सकस र डरले पनि मानिहरु बस्ती छोडेर अन्यत्र बसाँई सरिरहेका छन् ।

प्रकाशित मिति: २६ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्