माल्दिभ्समा एक महिने संकटकाल घोषणा


 


एजेन्सी माले, कात्तिक १८

राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको आशंकापछि माल्दिभ्समा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गैयुमको हत्या प्रयासपछि राजनैतिक अवस्था थप बिग्रिएकाले संकटकाल घोषण गरिएको मालदिभ्स सरकारले जनाएको छ ।

सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै संकटकाल एक महिनासम्म रहनसक्ने विदेशमन्त्री उमर नसिरले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्