अब देशमा छिटै नै विशाल गृहयुद्ध हुन्छ, पहिलो गोली मेरो छातीमा लाग्नुपर्छ – लिङदेन
झापा/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले नेपालमा छिट्टै नै विशाल गृहयुद्ध हुने दाबी गरेका छन । तर अब हुने गृहयुद्धबाट जनता डराउन नपर्ने उनको भनाइ छ ।
मञ्चनिकट संघीय दलित शिल्पी मञ्चले हिजो झापामा आयोजना गरेको कार्यक्रममा यो देशमा चाडै नै विशाल गृहयुद्ध हुने लिङदेनले बताएको छ ।
लडाँइबाट कसैपनि नडराउन आग्रह गर्दै यो लडाईको पहिलो गोली कुमार लिङदेनको छातीमा बर्सनुपर्ने उनले बताएका छन ।
उनले अबको गृहयुद्धमा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएजस्तो जनता मार्ने गृहयुद्ध नहुने बताएको छ ।
प्रचण्डले १७ हजार जनता मार्ने गरी गृहयुद्ध गरेको तर आफूहरुले सुरु गर्ने गृहयुद्धमा भने केन्द्रीय नेताहरुले नै ज्यान दिने भन्दै उनले अब २० जना जति केन्द्रीय नेताहरु नै मर्नुपर्ने औल्याएका छन ।
प्रचण्डले १७ हजार जनता मारेको तर तत्कालिन प्रधानसेनापति रुकमाङकद कटवाललाई हटाउने बेला प्रधानमन्त्री पदबाटै राजीनामा दिएर गलत गरेको स्मरण गर्दै आफू मर्ने अवस्था आएपछि प्रचण्डले राजीनामा दिएको लिङदेनले दाबी गरेको छ ।
उनले नेपालमा जनसंख्याको हिसाबमा बाहुनहरु भन्दा पनि बढी दलितहरु भएको तर दलित समुदायमाथि अहिले पनि उत्पीडन कायम रहेको बताएको छ ।
उनले हिजो आन्दोलन गर्दा संघीयता आउछ र ? गणतन्त्र आउछ र ? भन्दै एमाले र कांग्रेसका मानिसहरुले नै भन्ने गरेको स्मरण गदर्,ै आफूहरुले भनेजस्तो नआए पनि आउन त संघीयता आएको लिङदेनको भनाइ छ । सार्वजनिक डटकमबाट
प्रकाशित मिति: २५ पुस २०७५, बुधबार