रोपाईवाली निरुताको थारु भाषाको गीतमा आईटम डान्स
मोडल, डान्सर एवम् गायिका निरुता क्षेत्रीले थारु भाषाको एक आईटम डान्समा अभिनय गरेकी छन् । थारु भाषको आतुअ मे बैथी के बोलाए कि मोरे पिया दुर दुर से बोलको पुरानो गितलाई रिमिक्स बनाएर तयार भएको सो गितमा निरुताको आईटम डान्स देख्न सकिन्छ ।
सो गितमा निरुता र विशाल गुरुङको स्वर रहेको छ भने निरुता सहित अनुराधा चौधरी, सुनिता दहित र विवश चौधरीको अभिनय रहेको छ । पुराना श्रष्टाको सम्मान् गर्दै सो गितलाई रिमिक्स गरेर बजार ल्याउन लागिएको निरुताले बताईन् । उनी भनिछन् – निकै मेहनत गरेका छुँ, दर्शक र श्रोताले माया गरिदिनु हुन्छ भन्ने विश्वास छ ।
उनका अनुसार गितको भिडियो दुई/तिन दिन भित्रै सार्वजनिक हुने तयारीमा रहेको छ । हाल गितको भिडियो मिक्सिङ भईरहेको छ । बर्दियाको बासगढ़ीमा जन्मिएकी निरुता राजधानी छिरेर मोडलिङ क्षेत्रमा संघर्ष गर्दै आएकी छन् । पछिल्लो तीन वर्षदेखि निरन्तर यश क्षेत्रमा संघर्षरत निरुताले छोटो समयमै नेपाली र भोजपुरी गरी १८ बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
हालसम्म अविवाहित मोडल निरुता कसैको प्रेममा पनि नपरेको बताउँछिन् । झट्ट हेर्दा कडा स्वभावकी भएपनि देखे जस्तो कडा स्वभावकी नभएको बताउने निरुताले आफ्नै आवाजमा थुप्रै गित समेत निकालिसकेकी छिन् । नेपाली कलाक्षेत्रमा इमानदारीका साथ काम गरियो भने नाम र दाम दुवै भएको बताउने उनी वोल्ड एण्ड हट फेसन मनपराउछिन् ।
प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार