नेबिसंघ मोरङ सभापतिमा सुजित जैसवालले गरे उम्मेद्वारी घोषणा


 


उर्लाबारी,  पुस २३

नेपाली काँग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघको) १२ औँ मोरङ जिल्ला अधिबेशनका लागि सभापतिको उम्मेद्वार घोषणा गरिएको छ ।

संघको जिल्ला सदस्य र यहाँस्थित उर्लाबारी बहुमुखी क्याम्पसका नेबिसंघ सभापति रहनुभएका सुजित जैसवालले सोमबार (आज) बिहान पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । माघको तेस्रो साता हुने जिल्ला अधिबेशनका लागि सभापतिमा आफुले उम्मेद्वारी घोषणा गरेको जसवालले बताउनुभयो ।

आफुलाई मोरङ क्षेत्र नं. १ र २ का साथै विराटनगर बाहिरका अधिंकाश क्षेत्रिय, नगर र क्याम्पस समितिको समर्थन रहेको जैसवालले पत्रकार सम्मेलनमा दाबी गर्नुभयो । बिभिन्न युवा क्लब, सामाजिक संस्था युथ रेडक्रस सर्कल, नेबिसंघको क्याम्पस समिति लगायतका बिभिन्न संस्थाहरुमा गरेको नेतृत्वलेसंघको जिल्ला नेतृत्व बहन गर्न सक्ने क्षमता आफुमा रहेको उहाँले बताउनुभयो ।

सदरमुकाम विराटनगरबाहिर रहेर पनि संगठनको नेतृत्व गर्न सकिन्छ भन्ने उदाहरण आफुले प्रस्तुत गर्न चाहेको जैसवालले बताउनुभयो । विद्यार्थी आन्दोलनमा निर्वाह गरेको भूमिकाका कारण नेविसंघ विद्यार्थीहरु माझ लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले सदरमुकाम बाहिर संगठनलाई सुदृढ र ब्यापक बनाउने अठोट व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा उर्लाबारी बहुमुखी क्याम्पस नेबिसंघका पदाधिकारीहरु, नेबिसंघ मोरङ क्षेत्र नं. २ का सचिव महेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

को हुन् जैसवाल  ?

मोरङको रतुवामाई नगरपालिका – ९ इटहरा घर भई उर्लाबारी नगरपालिकामा रहेर नेबिसंघको राजनीति गर्दै आएका जैसवाल बिद्यार्थी नेतामा पूर्वी मोरङमा निकै लोकप्रीय मानिन्छन् । विद्यार्थीहरुलाई समस्या पर्दा जहाँ जुनसुकै अवस्थामा रहेपनि त्यसलाई निरुपण गर्न लागिपर्ने जसवालको व्यवहारका कारण पनि नेबिसंघ भित्र मात्र होईन समग्र युवा र बिद्यार्थीमाँझ उनी लोकप्रीय छन् ।

पछिल्लो चुनावी परिणामले कांग्रेसजनको मनोबल खस्किएको भएपनि महत्वपूर्ण राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र मुलुकको दिग्विजय शक्ति काँग्रेश नै भएको भन्दै जैसवाल सबै युवा बिद्यार्थीलाई नेबिसंघ र काँग्रेसको संगठन बिस्तारमा लागिपरेका छन् । दलको क्षयिकरणबाट धेरै कांग्रेसजन हतोत्साहि भइरहदा उनी भने सम्यमित र सौम्य छन् । भन्छन्, ‘हामी बद्लिन्छौं, कांग्रेस बदल्छौं’ । काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन हामी युवा बिद्यार्थीहरु आजैबाट तयारीमा जुटिसकेको उनी बताउँछन् ।

संघको मोरङ जिल्ला सदस्य तथा उर्लाबारी बहुमुखी क्याम्पसको इकाइ सभापति यतिबेला उनको चिनारी हो । सदरमुकाम बाहिर संगठनलाई व्यापक र सुदृढ बनाउन आफूले सभापति पदमा उम्मेद्वारी दिएको उनले उद्घोष गरे । नसा–नसामा नेपाली कांग्रेसको रगत बहेको बताउने सुजित पारिवारिक पृष्ठभूमिकै कारण चारतारे झण्डामुनि गोलबद्ध भएका हुन् ।

उनी जनकपुरमा जन्मे, मोरङमा हुर्के बढे । शिक्षण पेशामा आवद्ध बुबाको इटहरामा कार्यरत रहेपछि उनको बाल्यकालै यतै बितेको हो । बुबा अरूणकुमार र आमा सुमित्रा जैसवालको कान्छो सन्तान हुन्, उनी । उनका बुबा पाथीभरा आधारभुत बिद्यालय इटहराका प्रध्यानाध्यापक छन् । सुजित नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत हुन् ।

पार्टी नेताहरू विश्वप्रकाश शर्मा र गगन थापाप्रतिको आकर्षणले राजनीतिमा लाग्न थप प्रेरणा मिलेको उनी बताउँछन् । इटहराको महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । विद्यालय तहदेखि नै नेविसंघमा आवद्ध भएका हुन् । क्षेत्र र जिल्ला हुँदै विद्यार्थी राजनीति शुरू गरेका सुजित रेडक्रसकर्मी पनि हुन् । युथ रेडक्रस सर्कल उर्लाबारीको अध्यक्ष तथा उर्लाबारी बहुमुखी क्याम्पसको सल्लाहकार रहेका जैसवाल रेडक्रसको उत्कृष्ठ स्वयमसेवकबाट पनि सम्मानित भएका छन् ।

प्रकाशित मिति: २३ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्