वाइडबडीबारे गगन थापाले के भने ?


 


काठमाडौँ, पुस २२

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले वाइडबडी विमान खरिद प्रकरणमा सरकार अत्तालिएको टिप्पणी गर्नुभएको छ।
कांग्रेस नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद प्रकरणबाट अत्तालिएको दाबी गर्दै शाही आयोगको जसरी सो सम्बन्धमा जाँचबुझ समिति गठन गरेको उल्लेख गर्दै आपत्ति पनि जनाउनुभयो।

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिलाई गालीगलौजको भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसदको मर्यादालाई कायम राख्न नसकेको आरोप पनि लगाउनुभयो।

प्रधानमन्त्री ओलीले उपसमितिले समितिमा छलफल नै नगरी सोसम्बन्धी प्रतिवेदन बाहिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो। प्रधानमन्त्रीको सो असन्तुष्टिले संसदीय समितिको मर्यादालाई उलंघन गरेको कांग्रेस नेता थापाको आरोप छ।

प्रकाशित मिति: २२ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्