खोटाङमा लाटोकोसेरो महोत्सव हुँदै


 


खोटाङ, पुस २१

आगामी माघ तेस्रो साता खोटाङमा आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो दिवसको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालय जालपाको सहकार्यमा माघ १८ र १९ गते उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताउनुभयो ।

उत्सवको पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघु म्युजियम प्रदर्शनी, विभिन्न प्रजातिको चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत लोपोन्मुख खेल प्रदर्शनी गरिने शुक्रबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्