आगोकै भरमा रातभर खुला आकाशमुनि बास


 


हुम्ला, पुस २१

महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् ।

महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको छ । फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बसेकी पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् । महिनावारी हुँदा यसरी नै किशोरी अवस्थादेखि बस्दै आएको उनी बताउँछिन् ।

निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताइन् ।

घर र गोठभित्र जानै नहुने सामाजिक मान्यता भएको कारण यसरी पुसको चिसो रातमा पनि खुला ठाँउमा आगोका भरमा रात बिताउनुु परेको उउनले बताइन् ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्