किराँती साइँलाको आयो फेरी यस्तो चेतावनी


 


झापा, पुस १९
कम्युनिष्ट एकताबाट बाहिरिएका गोपाल किराँतीले पुनर्गठित गरेको नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकारका लागि शसस्त्र बिद्रोह गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष गोपाल किराँतीले सत्ताको स्वार्थमा लागेर तत्कालीन माओवादीका नेताहरु पतन हुदै गएको उल्लेख गरे ।

दमकमा बिहिवार पत्रकार सम्मेलन गर्दै उनले शसस्त्र क्रान्ती सम्पन्न गर्न माक्र्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त मान्ने पार्टीहरु वीच एकताको प्रकृया अघि बढ्ने बताए ।

प्रचण्डको नेतृत्वमा केहि नेताहरु नेकपा एमालेसंग आत्मसमर्पण गरि विलयको पथमा अघि बढे, किराँतीले भने, अब बाकीँ अभिभारा पुरा गर्नका लागि क्रान्तिकारी माओवादी शक्तिहरुवीच एकता गर्नुपर्ने आवश्यकता छ ।

नेता किराँतीले पार्टीको महाधिवेशन लगतै विप्लव नेतृत्वको माओवादी र नेकपा माओवादी क्रान्तीकारीसंग एकता गर्ने बताए । ती पार्टीले माओवाद त्यागि नसकेका कारण एकतासहित पूरा तयारी गरेर सशस्त्र विद्रोह हुने र त्यसले विगतमा सर्वहारा वर्गका मुक्तिका बिगतका एजेन्डा बोकेर अघि बढ्ने उनले उल्लेख गरे ।

यस्तै यसैगरि पार्टीले १ नम्बर प्रदेश स्तरिय तर्दथ कमिटी गठन गरेको जनाएको छ । पार्टी संगठन सुढृणिकरण अभियान अन्तर्गत विमल निरौलाको अध्यक्षतामा १५१ सदस्यीय प्रदेश तर्दथ कमिटी गठन गरेको जनाएको हो । कमिटीको उपाध्यक्षमा गंगाराम गोमदेन,सचिवमा बद्री पासवान चयन भएका छन् । त्यस्तै, ५१ सदस्यीय प्रदेश सचिवालय कमिटी समेत गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई दिन सम्म दमकमा चलेको पार्टीको संघीय परिषद बैठकले समसामयिक विषयहरुमा छलफल गरिएकोे नवनिर्वाचित अध्यक्ष निरौलाले वताए ।

पार्टीको फागुन १ मा हुने आठौ महाधिबेशनलाई भव्य रुपमा सम्पन्न गर्न देशव्यापी रुपमा संगठन निर्माण अभियान सञ्चालनमा रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्