१२ फरार पक्राउ


 


विराटनगर,पुस १९

इलाका प्रहरी कार्यालय लेटाङ,रंगेली र वडा प्रहरी कार्यालय हाटखोलाले १२ जना फरार प्रतिवादी पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पुस १८ र १९ गते मातहत प्रहरी कार्यालयहरूले १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय लेटाङले वन मुद्धामा फरार ८ जना ,रंगेलीले कुटपिट र लुटपिट मुद्दामा ३ जना र वडा प्रहरी कार्यालय हाटखोलाले डाका मुद्दामा १ जना प्रतिवादीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्