जेष्ठ नागरिकको हितमा सरकार ! आमाबुबाको खातामा निश्चित रकम जम्मा गर्नैपर्ने


 


काठमाण्डौँ, पुस १९

हरेक नागरिकले आफ्नो पारिश्रमिकको निश्चित रकम आमाबुबाको खातामा जम्मा गर्नु पर्ने भएको छ । जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा मुख्य उद्देश्य जेष्ठ नागरिकको जीवन सहज बनाउन यो व्यवस्था गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउनुभयो ।

उहाँका अनुसार अब मासिक पारिश्रमिकबाट निश्चित रकम मासिक रुपमा बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्नेछ । सार्वजनिक पद धारण गरेका, निजी संस्थाबाट नियमित पारिश्रमिक लिने, स्वरोजगार, ब्यापार व्यवसाय गर्ने र निवृत्तिभरण पाइरहेकाहरुले आमाबाबुको बैंक खतामा यसरी रकम जम्मा गर्नुपर्छ ।

बाबुआमा सगोलमा भए संयुक्त र भिन्न बसेको भए चाहेको बाबु र आमाको खातामा जम्मा गर्नुपर्छ । जेष्ठ नागरिकलाई दुर्व्यवहार गर्नु र झुक्याएर सम्पत्ति लिनुलाई दण्डनीय बनाइएको छ ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्