रेशम चौधरीको सपथप्रति प्रतिपक्षी काँग्रेसको विरोध


 


काठमाडौँ, पुस १९

टीकापुर काण्डको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीलाई सांसद पदको सपथप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले चौधरीको सपथले कानुनी राज्यको खिल्ली उडाएको बताउनु भएको हो। शर्माले ट्वीट गर्दै भन्नुभएको छ, संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मुल बाटो हो, निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ ।

अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ताजपोशी गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको ठहर उहाँको छ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्