प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्दै


 


काठमाडौँ, पुस १९

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्नु हुने भएको छ ।  प्रधानमन्त्री ओलीले आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संयोजक अधिकारीले जानकारी दिनुभयो । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि प्रधानमन्त्रीले जवाफ दिनु हुने भएको छ ।

पछिल्लो समय सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि रहँदै आएको छ । सरकार असक्षम भएको भन्दै प्रतिपक्षी दलले आलोचना गर्दै आएको छ ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्