पेट्रोलियम पदार्थको मूल्य घट्यो


 


काठमाडौँ, १८ पुस
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई घटाएको छ ।

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर  १०८, डिजेल र मट्टीतेल प्रतिलिटर  ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।

प्रकाशित मिति: १८ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्