पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मूल्यसुची


 


काठमाण्डौँ, पुस १८

नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मूल्य घटाएको छ। पुष १८ गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयँका दरले मूल्य घटाएको छ।

योसँगै काठमाडौंमा पेट्रोलको प्रति लिटर १०८, डिजेल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा बलियो भएकोले मूल्य घटाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

नयाँ मूल्य समायोजन पछि पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोल १०.५ प्रति लि.ले र डिजेल १२.३८ रुपैयाँ प्रति लि. ले नेपाल तर्फ नै अझै सस्तो रहेको निगमले जानकारी दिएको छ।

प्रकाशित मिति: १८ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्